‘कालो पोथी’ फेसबुकबाट पाइरेसी
काठमाडौं, जेठ २ – बिदेशका बिभिन्न महोत्सवमा चर्चा र पुरस्कार पाउन सफल चलचित्र ‘कालो पोथी’ फेसबुक लाइभबाट सार्वजनिक भएको छ । नेपाली टिभी युकेले चलचित्र फेसबुक लाइभ भन्दै सार्वजनिक गरेको हो । बिदेशको बिभिन्न स्थानमा च्यारेटिको तयारी गरिरहेको चलचित्र बेलायतबाट प्रशारण हुने नेपाली टिभी युकेको फेसबुक पेजबाट लाईभ प्रसारण भएपछि निर्देशक मीन बहादुर भाम र उनको टीम अहिले तनावमा देखिएका छन् । गत शनिबार बिहानै लाईभ भनेर फेसबुकबाट उक्त चलचित्र प्रशारण भएको थियो । भामले सो लाईभको कमेन्टमै यो पाईरेसी रोक्न अनुरोध गरेका थिए । तर नरोकिएपछि बेलायतस्थित आफनो बितरकको माध्यमबाट क्षतीपुर्ती माग्ने तयारीमा छन् । नेपाली टिभी युकेले अहिले सो हटाईसकेको छ । बिगतका केही महिनादेखि टिभिले अनुमति बिनै अरुको पोष्ट हुबहु कपी गरेर पोष्ट गर्ने र जथाभावी ग्रपमा ट्याग गर्ने गरेको निर्देशक भामले बताए । चलचित्र ७२ औं भेनिस अन्तराष्ट्रिय फिल्म फेस्टिभल, क्रिटिक्स विकमा उत्कृष्ट फिल्म बनेको थियो । अविनाश विक्रम शाहसँग मिलेर निर्देशक भामले नै निर्माण गरेको चलचित्र युद्धको समयमा मुगुका दुई बालक साथी प्रकाश र किरणले ब्यहोर्नु परेको कथामा बोकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण