मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निकै साधारण र सोझो बालक यसरी बने देशका शक्तिशाली नेताः यस्तो छ उनको जीवन

मङ्गलबार, ०२ जेठ २०७४, १२ : २०
मङ्गलबार, ०२ जेठ २०७४

एजेन्सी

जेठ २ – उत्तर कोरियाली नेता किम जोंग उन नयाँ परमाणु परिक्षणका कारण खबरमा छन् । किमको पिताको मृत्युपछि सन् २०११ देखि नै देशको नेतृत्व सम्हालिरहेका छन्  । उनको देशलाई हाँक्ने तौर तरिकाका कारण उनी संसारभरी चर्चित छन् । उनलाई धेरैले तानाशाही पनि भन्ने गरेका छन् । यद्यपी, स्विटजरल्याण्डमा उनीसँग पढ्ने साथीहरुले किम बाल्यकालमा निकै साधारण र सोझो विद्यार्थी भएको बताएका छन् ।

नाम परिवर्तन गरेर विदेशमा गरे पढाईः

मिडिया रिपोर्टका अनुसार किम जोंग उनको जन्म सन् १९८२ मा भएको थियो । यद्यपी, यूएस ट्रेजरी डिपार्टमेन्टले उनको आधिकारिक जन्मदिनको रुपमा ८ जनवरी १९८४ को मिति दर्ता गरेको छ ।

किमले स्विटजरल्याण्डमा कोरियन एम्बेसीका कर्मचारीको छोराको रुपमा पाक उनको नामले पढाई गरे । अंग्रेजी भाषा भएको अन्तर्राष्ट्रिय स्कूल बर्न नजिकै गुमलीगेनमा अवस्थित छ ।

किमका सहपाठीका अनुसार किम कक्षामा निकै सोझो विद्यार्थी थिए । उनमा अरुलाई हँसाउन सक्ने निकै राम्रो क्षमता पनि भएको उनी बताउँछन् । उनका सहपाठी माइक्रो इम्होफ भन्छन्, ‘किम निकै हँसी मजाक गर्नुपर्ने स्वभावका थिए । उनी धेरैजसो ठट्यौली नै गरिरहेका हुन्थे । सबैसँग उनको व्यवहार निकै राम्रो थियो ।’

एक अन्य सहपाठीले जर्मन पत्रिका वेल्स एम स्यानट्यागले आफूहरु पढेको स्कूलमा राजनीति वर्जित थियो । त्यहाँ फुटबलमा मात्र बहस गर्न सकिन्थ्यो, राजनीतिमा होइन । उनले भने, ‘किमको तौल जहिल्यै पनि बढि नै रह्यो । उनको उचाई ५.६ थियो तर यति हुँदा हुँदै पनि उनी बास्केटबलका निकै राम्रा खेलाडी थिए । माइकल जोर्डन उनका  आइडल थिए ।

विदेशबाट फर्किएपछि आर्मी स्कूलमा भर्ना भएः

स्विटजरल्याण्डमा स्कूलिङ गरेपछि किम जोंग उत्तर कोरिया फर्किए र तयहाँ उनले आफ्ना दाइ किम इलसँग आर्मी युनिभर्सिटीमा भर्ना भए । केही मिडिया रिपोर्टका अनुसार किमले सन् २००७ देखि नै आफ्नो बुवाको सैनिक क्षेत्रको निगरानी गर्न सरु गरिसकेका थिए ।

ठ्याक्कै आफ्ना हजुरबुवाजस्तै देखिन्छन् उनीः

किम जोंगको अनुहार, हेयर स्टाइल, रहनसहन ठ्याक्कै उनको हजुरबुवा किम इल संगको जस्तै भएको बताइन्छ । अझै कतिले त हजुरबुवाको जस्तो अनुहारका लागि उनले प्लाष्टिक सर्जरी गरेकोसमेत बताएका छन् । यद्यपी, यसको पुष्टि भने भएको छैन ।

बुवाको मृत्युपश्चात् सर्वशक्तिमान्ः

सन् २०११ को डिसेम्बर १७ तारिखमा किम जोंग इलको हृदयघातका कारण मृत्यु भएपछि उनले सत्ता सम्हालेका हुन् । दाइ किम जोंग चोल हुँदा हुँदै पनि उनले देशको जिम्मेवारी सम्हाले । त्यतिबेला किमको उमेर ३० वर्ष थियो । यसका साथै उनी संसारभरीका कुनै पनि देशका सबैभन्दा युवा मुखिया बनेका थिए ।

चियरलिडर र गायिकासँग गरे विवाहः

किम जोंगलाई धेरैजसो सार्वजनिक कार्यक्रममा श्रीमती री सोल जूसँग देखिन्छ । उत्तर कोरियाली मिडियाको रिपोर्ट अनुसार किमले पूर्व चियरलिडर र गायिकासँग विवाह गरेका हुन् । यद्यपी, उनीहरुको विवाह कहिले भयो त्यो स्पष्ट हुन सकेको छैन । दक्षिण कोरियाली गुप्तचरका अनुसार उनीहरुको विवाह सन् २००९ मा भएको हो र उनीहरुका एक छोरा पनि छन् । सन् २०१२ मा दोस्रो सन्तान जन्मिएको अफवाह फैलिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप