बेनी–२ मा एमाले विजयी
म्याग्दी, २ जेठ । बेनी नगरपालिका–२ मा ज्यामरुक कोटमा नेकपा एमाले– राप्रपा समूहबाट छ र नेपाली काँग्रेसबाट एक जना उम्मेदवार विजयी भएका छन्।
एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापा ६३४ मत प्राप्त गरी विजयी भ। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रताप मल्लले ५९६ मत प्राप्त गरेका छन् ।
आइतबार राति ११ बजेदेखि सुरु गरिएको मतगणनाको सोमबार मध्यरातमा प्राप्त अन्तिम मतपरिणामनुसार बेनी नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठले एक हजार ३९० र काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार १९२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए । अहिले बेनी– ३ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बेनी नगरपालिकामा काँग्रेस र नेकपा माओवादी केन्द्र तथा एमाले र राप्रपा चुनावी तालमेल गरी निर्वाचनमा होमिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण