बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फिनल्याण्डले पनि बन्द गर्‌यो रुसी पर्यटकका लागि सिमाना

सोमबार, १८ पुस २०७९, ०९ : ४२
सोमबार, १८ पुस २०७९

फिनल्याण्डले शुक्रबारदेखि रुसी पर्यटकका लागि आफ्नो सिमाना बन्द गरेको छ । सेप्टेम्बरको सुरुमा, फिनल्याण्ड बाहेक, पोल्याण्ड, इस्टोनिया, लाटभिया र लिथुआनियाले पनि रूसी पर्यटकहरूको लागि आफ्नो सीमा बन्द गरेको थियो ।

फिनल्याण्डका विदेशमन्त्रीले यो प्रतिबन्ध रुसी पर्यटकका लागि मात्रैभएको बताउँदै रुसी नागरिकले परिवारसँग भेटघाट, काम र अध्ययनका लागि आफ्नो देशमा आउन सक्ने बताएका छन् ।

राष्ट्रपति पुटिनको सैन्य परिचालनका लागि फिनल्याण्डले यो निर्णय लिइएको हो । यो परिचालनमा रुसले युक्रेन युद्धमा तीन लाख पूर्व सैनिक पठाउने घोषणा गरेको छ ।

यो परिचालनपछि, रसियाका नागरिकहरू देश छोड्दै छन् । हालै जर्जियाको सिमानामा रुसी नागरिकको कैयौं किलोमिटर लामो लाइन देखियो, जो देश छोडेर जर्जिया जान लागेका थिए ।

रूसका नागरिकहरूलाई जर्जिया भ्रमण गर्न भिसा आवश्यक पर्दैन ।

यस्तै, फिनल्याण्डको रुससँग करिब १३०० किलोमिटर सीमाना छ, जर्जियाबाहेक रुसी नागरिकलाई फिनल्याण्ड जान भिसा चाहिन्छ, पछिल्लो समय रुसी नागरिक पनि फिनल्याण्ड जाने गरेको देखिएको छ ।

सेप्टेम्बरको सुरुमा, युरोपेली संघले रूसी नागरिकहरूलाई भिसा दिन पहिलेको तुलनामा अझ गाह्रो र महँगो बनाएको छ । युरोपेली संघ र रुसबीचको भिसा सम्झौता निलम्बनपछि यस्तो भएको हो ।

युक्रेनमा रुसको हमलापछि १० लाखभन्दा बढी रुसी नागरिक देश छाडेर युरोपका मुलुकमा गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप