भारतको सर्वोच्च अदालतद्वारा नोटबन्दी सही भएको ठहर
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले २०१६ मा गरिएको नोटबन्दी विरुद्ध दायर ५८ रिटहरूमा आफ्नो फैसला सुनाएको छ। अदालतले यस विषयमा केन्द्र सरकार, भारतीय रिजर्भ बैंक र याचिकाकर्ताहरूको तर्क सुनेर डिसेम्बर ७ मा आफ्नो निर्णय सुरक्षित राखेको थियो।
निवेदकहरूले केन्द्र सरकारको यस निर्णयसँग सम्बन्धित विभिन्न पक्षहरूलाई सर्वोच्च अदालतमा चुनौती दिएका थिए। सर्वोच्च अदालतका न्यायाधीश एस नजीरको अध्यक्षतामा रहेको पाँच सदस्यीय इजलासले आफ्नो निर्णयमा नोटबन्दीको निर्णयलाई उचित ठहर गरेको छ । तर, न्यायाधीश नगररत्नले भने आफ्नो फैसलामा यसलाई अवैधानिक भनेका छन् ।
लाइभ लमा प्रकाशित समाचार अनुसार फैसलामा रिजर्व बैंक अफ इन्डिया ऐनको धारा २६(२) मा दिइएको शक्तिको आधारमा बैंक नोटका सबै शृङ्खलामाथि प्रतिबन्ध लगाउन सकिने बताइएको छ। सन् २०१६ को नोभेम्बर ८ गते साँझ केन्द्र सरकारले ५ सय र १ हजारका नोटलाई अचानक बन्द गरेको थियो । प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा जारी गरेको सन्देशमा यो निर्णयको घोषणा गरेका थिए । यसपछि केही सातासम्म पुराना नोट साट्न र नयाँ नोट लिन देशभरका बैंक तथा एटीएम अगाडि लामो लाइन देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण