नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालय गठन
सोमबार, १८ पुस २०७९, २१ : ३९
काठमाडौं । नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयले पूर्णता पाएको छ । युनियनका अध्यक्ष शिव लम्सालले विधानको व्यवस्थाअनुसार नौ सदस्यीय सचिवालय गठन गरेका हुन् ।
सचिवालयमा अध्यक्ष लम्सालसहित वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्षहरु नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल, डा.मुरारी अधिकारी,महासचिव दिलिप पौडेल,उपमहासचिव सुलोचना गौतम र कोषाध्यक्ष माधव धिताल रहेका छन् ।
युनियनको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य हुनेगरी ९ सदस्यीय सचिवालय रहने प्रावधान रहेको छ । युनियनको नवौ महाधिवेशन गत साउनमा हेटौंडामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण