दिल्लीमा भएको एक विभत्स दुर्घटना : स्कुटीमा एक्ली थिइनन् मृतक
मङ्गलबार, १९ पुस २०७९, ०९ : ५५
दिल्ली पुलिसले मंगलबार बिहान कान्झावाला केसमा नयाँ जानकारी दिएको छ, जसका अनुसार घटनाको समयमा मृतक स्कूटीमा एक्लै थिइनन् ।
समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली पुलिसले भनेको छ, ‘जब हामीले मृतकको रुटको जाँच गर्यौं, तब थाहा भयो कि उनी आफ्नो स्कुटीमा एक्लै थिइनन् ।’
दुर्घटना हुँदा उनीसँगै एक महिला पनि थिइन्, जो घाइते भएर घटनास्थलबाट भागेकी थिइन् । तर मृतकको खुट्टा कारमा अड्किएपछि उनी गाडीमा घिसारिइन् ।
युवतीको शरीर गाडीसँगै ‘केही किलोमिटर’ तानिँदा उनको टाउकोको पछाडिको हिस्सा र शरीरको पछाडिको भाग नराम्रोसँग घिसारिएको छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले यस विषयमा दिल्ली पुलिससँग विस्तृत रिपोर्ट मागेका छन् ।
यसपछि दिल्ली प्रहरीले विशेष आयुक्त शालिनी सिंहको अध्यक्षतामा छानबिन समिति गठन गरी जतिसक्दो चाँडो छानबिन प्रतिवेदन तयार गर्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण