बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

वीर अस्पतालमा फोनपे क्यूआर मार्फत सहजै भुक्तानी गर्न सकिने

मङ्गलबार, १९ पुस २०७९, १७ : ५०
मङ्गलबार, १९ पुस २०७९

नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । वीर अस्पतालमा अबदेखि फोनपे क्यूअनारदेखि सहजै भुक्तानी गर्न सकिने भएको हो । वीर अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टमको सुरू गरिएसँगै बिरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको हो । यस किसिमको सुरूवात वीर अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्र कुमार बस्नेतले गरे । 

फोन पे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुबिधा उपलब्ध गराइएको उनको भनाइ छ ।  अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप