पूर्वी चीनको नयाँ संरक्षण केन्द्रमा १२ हजार जलीय प्रजातिका नमुनाहरू संरक्षित

चीन । चीनको सबैभन्दा ठूलो ताजा पानीको ताल याङजी नदी र पोयाङ तालमा रहेको जैविक विविधताको संरक्षणका निम्ति जलीय जीव संरक्षण केन्द्र हालै सञ्चालनमा आएको छ ।
यो केन्द्र पूर्वी जियाङ्सी प्रान्तको जिउजियाङ सहरको हुकोउ काउन्टीमा अवस्थित छ । याङ्त्जे नदी र पोयाङ तालमा एक सय २० भन्दा बढी स्थानीय जलचर प्रजातिका कूल १२ हजार नमुनाहरू प्रदर्शनमा छन् ।
संरक्षित नमुनाहरूमा चीनमा पहिलो–कक्षको राज्य संरक्षणअन्तर्गत दुर्लभ प्रजातिहरू समावेश रहेको बताइएको छ । जसमा चिनियाँ स्टर्जन लगायत छन् ।
विज्ञानलाई लोकप्रिय बनाउने शैक्षिक संस्थाको रूपमा आफ्नो कार्यको अतिरिक्त केन्द्रले कृत्रिम प्रजनन, संरक्षण र उद्धार कार्यमा पनि संलग्न रहेको बताएको छ । केन्द्रले यस क्षेत्रका स्थानीय जलचर प्रजातिहरूमा अनुसन्धान गर्ने केन्द्रको विशेषज्ञ टोलीका नेता मा गुआङले जनाकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
-
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य
-
रवीन्द्र मिश्रलगायतको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन
-
समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित
-
फ्रिजमा राख्नै हुन्न यी खानेकुरा