पूर्वी चीनको नयाँ संरक्षण केन्द्रमा १२ हजार जलीय प्रजातिका नमुनाहरू संरक्षित
चीन । चीनको सबैभन्दा ठूलो ताजा पानीको ताल याङजी नदी र पोयाङ तालमा रहेको जैविक विविधताको संरक्षणका निम्ति जलीय जीव संरक्षण केन्द्र हालै सञ्चालनमा आएको छ ।
यो केन्द्र पूर्वी जियाङ्सी प्रान्तको जिउजियाङ सहरको हुकोउ काउन्टीमा अवस्थित छ । याङ्त्जे नदी र पोयाङ तालमा एक सय २० भन्दा बढी स्थानीय जलचर प्रजातिका कूल १२ हजार नमुनाहरू प्रदर्शनमा छन् ।
संरक्षित नमुनाहरूमा चीनमा पहिलो–कक्षको राज्य संरक्षणअन्तर्गत दुर्लभ प्रजातिहरू समावेश रहेको बताइएको छ । जसमा चिनियाँ स्टर्जन लगायत छन् ।
विज्ञानलाई लोकप्रिय बनाउने शैक्षिक संस्थाको रूपमा आफ्नो कार्यको अतिरिक्त केन्द्रले कृत्रिम प्रजनन, संरक्षण र उद्धार कार्यमा पनि संलग्न रहेको बताएको छ । केन्द्रले यस क्षेत्रका स्थानीय जलचर प्रजातिहरूमा अनुसन्धान गर्ने केन्द्रको विशेषज्ञ टोलीका नेता मा गुआङले जनाकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण