सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोले साउदी अरब पुगेर बताए अल–नासरमा सामेल हुनुको कारण

बुधबार, २० पुस २०७९, ०९ : ५९
बुधबार, २० पुस २०७९

रियाद । विश्वका महान् फुटबल खेलाडी मध्येका एक क्रिस्टियानो रोनाल्डोले अल–नासर फुटबल क्लबसँग खेल्ने बारे कुरा गर्दै आफूलाई यो निर्णयमा गर्व भएको बताएका छन् ।

रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका थिए ।

उनले साउदी अरेबियाको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो २०२५ सम्म क्लबसँग रहनेछन् ।

साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरब पुगेपछि रोनाल्डोले अल–नासरमा आबद्ध भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् । उनले उनी र उनको परिवारलाई गरेको स्वागतको पनि प्रशंसा गरे ।

पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले पत्रकार सम्मेलनमा भने, ‘जीवनमा यति ठूलो निर्णय लिएकोमा मलाई गर्व छ । युरोपमा मेरो काम सकियो । मैले धेरै जितेको छु र युरोपका सबैभन्दा महत्त्वपूर्ण क्लबहरूसँग खेलेको छु । यो अब नयाँ चुनौती हो ।’

उनले अल–नासरले विश्वमा साउदी फुटबलको छवि मात्र होइन देशको धारणा पनि परिवर्तन गर्ने भन्ने बताएका छन् ।

आफूलाई अद्वितीय खेलाडीको रुपमा व्याख्या गर्दै उनले भने, ‘म एक अद्वितीय खेलाडी हुँ । यहाँ हुँदा राम्रो महसुस भइरहेको छ । मैले त्यहाँका सबै कीर्तिमान तोडेको छु र यहाँ पनि केही रेकर्ड तोड्न चाहन्छु । म यहाँ जित्न, खेल्न र खेलको आनन्द लिन आएको छु ।’

रोनाल्डोले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका धेरै आकर्षक अफर अस्वीकार गरेको बताए । उनी साउदी फुटबलमा योगदान दिन चाहन्थे ।

अल–नासर क्लबका अध्यक्ष मुसाली अल मुअम्मरले पनि रोनाल्डोलाई स्वागत गर्न पाउनु आफ्नो उपलब्धि बताए ।

रोनाल्डोको म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि उनको भविष्यका बारेमा धेरै अड्कलबाजी गरिएको थियो ।

यो रोनाल्डोको करियरको सूर्यास्त हो भनेर सामाजिक सञ्जालमा समेत लेखिएको थियो ।

तर साउदी अरेबियाको फुटबल क्लबसँगको यस्तो महँगो सम्झौतापछि केही समयका लागि यी अड्कलहरूको अन्त्य भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप