टि–ट्वान्टी लिग क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ
बिहीबार, २१ पुस २०७९, १३ : ३०
काठमाडौं । टि–ट्वान्टी लिग क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका–१०स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि–२० पुरुष राष्ट्रिय क्रिकेट लिग भइरहेको छ । सट्टेबाजी गरेको आरोपमा पक्राउ पर्नेमा भारतको दिल्ली उत्तमनगर घर भएर काठमाडौंस्थित गौशाला बस्ने ३६ वर्षीय प्रतिककुमार छन् । बुधबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।
आरोपीले फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंगस् बीच भएको खेलमा अनलाइनमार्फत सट्टेबाजी गराएको प्रहरीले जिकिर गरेको छ । उनीमाथि प्रहरी वृत कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण