मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्छ : चीन

शुक्रबार, २२ पुस २०७९, ११ : ४६
शुक्रबार, २२ पुस २०७९

चीन । चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो । 

संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बिहीबारको बैठकमा पवित्र स्थललाई लिएर इजरायल–प्यालेस्टाइन तनाव बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्ने प्रयासका निम्ति आह्वान गरे । उनले तनाव बढ्न नदिन सम्बन्धित पक्षहरूलाई संयमित हुन आग्रह गरे ।

“चीन पवित्रस्थलमा शान्ति कायम होस् भन्ने चाहन्छ र त्यसका लागि आह्वान गर्दछ ।  थप तनाव बढ्न नदिन सरोकारवाला पक्षलाई शान्त र संयमित रहन आग्रह गर्दछ,” परिस्थितिलाई बिगार्ने गतिविधि कुनै पक्षबाट हुनुनहुनेमा जोड दिँदै राजदूत झाङले भने । चीन अन्तर्राष्ट्रिय विधिको शासन कायम राख्न तथा जेरुसेलममा भएको अन्तर्राष्ट्रिय सहमतिको पालना गर्ने पक्षमा रहेकोा स्पष्ट गरे । उनले प्यालेस्टिनी क्षेत्रको जनसाङ्ख्यिक संरचना परिवर्तन गर्ने उद्देश्यले हुने सबै कामप्रति चीनको असहमति रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप