धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्छ : चीन
चीन । चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो ।
संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बिहीबारको बैठकमा पवित्र स्थललाई लिएर इजरायल–प्यालेस्टाइन तनाव बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्ने प्रयासका निम्ति आह्वान गरे । उनले तनाव बढ्न नदिन सम्बन्धित पक्षहरूलाई संयमित हुन आग्रह गरे ।
“चीन पवित्रस्थलमा शान्ति कायम होस् भन्ने चाहन्छ र त्यसका लागि आह्वान गर्दछ । थप तनाव बढ्न नदिन सरोकारवाला पक्षलाई शान्त र संयमित रहन आग्रह गर्दछ,” परिस्थितिलाई बिगार्ने गतिविधि कुनै पक्षबाट हुनुनहुनेमा जोड दिँदै राजदूत झाङले भने । चीन अन्तर्राष्ट्रिय विधिको शासन कायम राख्न तथा जेरुसेलममा भएको अन्तर्राष्ट्रिय सहमतिको पालना गर्ने पक्षमा रहेकोा स्पष्ट गरे । उनले प्यालेस्टिनी क्षेत्रको जनसाङ्ख्यिक संरचना परिवर्तन गर्ने उद्देश्यले हुने सबै कामप्रति चीनको असहमति रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण