माओवादी, एकीकृत समाजवादी र जसपाले एकता प्रक्रियालाई दिए औपचारिकता
काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन् ।
माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा नेतृत्वमा, एकीकृत समाजवादीले पार्टीका महासचिव बेदुराम भुसालको नेतृत्वमा र जसपाले पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको अध्यक्षतामा वार्ता समिति गठन गरेका छन् ।
तीन वटै दलबीच एकताका लागि शीर्ष तहमा अनौपचारिक सहमति भए पनि वाम एकता गर्ने कि समाजवादी केन्द्र बनाउने भन्ने कुरामा सहमति बन्न नसकेको स्रोतले जनाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट तथा माओवादी शब्द हटाएर समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेका छन् तर माओवादी र एकीकृत समाजवादी पार्टी कम्युनिस्ट शब्द राख्नुपर्ने पक्षमा देखिएका छन् ।
माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच हुन गइरहेको एकतामा पनि यो कुरा मुख्य रुपले उठेको छ । नेसपाका अध्यक्ष भट्टराईले पनि कम्युनिस्ट शब्द हटाएर समाजवादी राख्न प्रस्ताव गरेका छन् । तर माओवादी केन्द्रले यसमा सहमति जनाएको छैन ।
जसपा नेपाल स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिइसकेपछि पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने छ । जसपाले गठन गरेको वार्ता समितिका सदस्य गोविन्द चौधरीले आवश्यकताअनुसार दलहरुसँग छलफल गर्दै जाने बताए ।
आज एकीकृत समाजवादीसँग औपचारिक छलफल सुरु हुने उनले बताए । त्यसपछि अन्य दलसँग विस्तारै कुराकानी अगाडि बढ्ने बताउँदै उनले माओवादी केन्द्रसँग मात्र होइन, जसपा नेपालको विचार, सिद्धान्त मिल्ने अन्य दलसँग पनि छलफल गर्दै एकताका लागि पहल गर्ने जानकारी दिए ।
एकीकृत समाजवादीका महासचिव एवं वार्ता समितिका संयोजक बेदुराम भुसालले पहिलो चरणमा जसपासँग कुराकानी हुने, त्यसपछि माओवादी के्रन्द्रसँग कुरा सुरु हुने बताए । जसपासँग अनौपचारिक छलफल सुरुदेखि चल्दै आइरहेको भन्दै उनले अब चाँडै नै औपचारिक छलफल सुरु हुने बताए ।
आज नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठकले माओवादी केन्द्रसँग एकताका लागि वार्ता समिति बनाउने भनिएको छ । माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको नेसपाले अन्य विषयमा छलफल गर्न औपचारिक रुपमा वार्ता समिति बनाउन लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण