समाचार
प्रदेश १ : मुख्यमन्त्री दावी गर्न प्रदेश प्रमुखसँग भेट गर्दै सत्ता गठबन्धन दलका नेता
आइतबार, २४ पुस २०७९, १३ : २४
मोरङ । प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्दै बेलुका ४ बजे सत्ता गठबन्धन दलका नेता प्रदेश प्रमुखसमक्ष जाने भएका छन् । बेलुका ४ बजे मुख्यमन्त्री दाबी गर्न जाने तयारी गरिएको नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । सरकारको दाबी गर्नुअघि प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक हुँदैछ ।
प्रदेश १ मा सरकारको नेतृत्व एमालेले पाउने भएको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने भएका छन् । सत्ता साझेदार दल नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेत ईन्द्रबहादुर आङ्बोबीच नयाँ सरकार निर्माण र सत्ता साझेदारीका विषयमा छलफल भएको छ । दलहरूबीच मन्त्रीमण्डलमा कसरी भागबन्डा गराउने भन्ने विषयमा छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण