सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाको कार्यकारिणी समितिको बैठक सुरु

आइतबार, २४ पुस २०७९, १४ : ३६
आइतबार, २४ पुस २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी नेपालको कार्य कार्यकारिणी समितिको बैठक सुरु भएको छ । राजधानीमा सुरु भएको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल हुने बताइएको छ । 

चुनावपछि बस्न थालेको पहिलो बैठकमा विश्वासको मत दिने कि नदिने भन्ने विषयमा बैठकमा छलफल हुन लागेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।  विश्वासको मतका विषयमा प्रधानमन्त्री प्रचण्डको तर्फबाट आधिकारिक प्रस्ताव नआएको बताउँदै उनले बैठकमा त्यसबारे छलफल हुने बताए । बैठकमा संगठन विस्तार र मधेस प्रदेशको संसदीय दलको नेता चयनको बारेमा पनि छलफल हुने नेता सोनलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप