तीनवटा प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । सात प्रदेशमध्ये माओवादीले कर्णाली, बाग्मती र सुदूरपश्चिम प्रदेश पाउनुपर्ने दाबी गरेको हो ।
‘हामीले तीन प्रदेशका मुख्यमन्त्री दाबी गरेका छौँ । जसमा कर्णाली, बाग्मती र सुदूरपश्चिम प्रदेश हुन्,’ प्रधानमन्त्री निकट एक प्रभावशाली नेताले भने, ‘अन्त्यमा सत्ता साझेदार दललाई मिलाउनु पर्नेमा भएमा कर्णाली र बाग्मतीको मुख्यमन्त्री लिएर अरू प्रदेशको मुख्यमन्त्री आलोपालो हुन सक्छ ।’ कर्णाली प्रदेशबाट माओवादीका राजकुमार शर्मा, बाग्मती प्रदेशबाट सालिकराम जमरकट्टेले र सुदूरपश्चिमबाट खगराज भट्टले दाबी गरेका छन् । यस्तै माओवादीले आलोपालोमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले पाउन सक्ने बताएको छ ।
यस्तै नेकपा एमालेले प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा पाउने निश्चित भएको छ भने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पनि दाबी गरेको छ । यद्यपि सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेको छ । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा र जनमत पार्टीले आलोपालो चलाउने गरी सहमति जुट्न सक्ने सम्भावना रहेको छ । सातै प्रदेशको मुख्यमन्त्री आइतबार बेलुकासम्म टुङ्गो लाग्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण