शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

चार दलका ६० सांसदको समर्थनमा कार्कीले गरे मुख्यमन्त्रीको दावी पेस

आइतबार, २४ पुस २०७९, १६ : २८
आइतबार, २४ पुस २०७९

मोरङ । प्रदेश १ मा  नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री दावी पेस गरेका छन् । कार्कीले एमालेसहित ४ दलका सांसदको समर्थन जुटाउँदै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेस गरेका हुन् । 

जसमा  एमालेका ४० जना, माओवादीका १३ जना, राप्रपाका ६ जना र जसपाका एक जना सांसद गरेर कुल ६० जनाको हस्ताक्षरसहितकाे समर्थन रहेकाे छ ।

उनले संविधानको १७६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

 

p1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप