राहदानी वितरणमा देखिएको समस्या समाधान भयो : राहदानी विभाग
आइतबार, २४ पुस २०७९, १९ : ३८
काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा देखिएको समस्याको समाधान भइसकेको दाबी गरेको छ । यही पुस १७ मा देखिएको राहदानी वितरणको समस्या आइतबारदेखि समाधान भएको दाबी गरेको हो ।
विभागले सूचना जारी गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।
यस्तै विभागले राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न पनि सूचनामार्फत भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण