राहदानी वितरणमा देखिएको समस्या समाधान भयो : राहदानी विभाग
आइतबार, २४ पुस २०७९, १९ : ३८
काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा देखिएको समस्याको समाधान भइसकेको दाबी गरेको छ । यही पुस १७ मा देखिएको राहदानी वितरणको समस्या आइतबारदेखि समाधान भएको दाबी गरेको हो ।
विभागले सूचना जारी गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।
यस्तै विभागले राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न पनि सूचनामार्फत भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु