माइ पे पनि अब फोन पेको नेटवर्कमा
सोमबार, २५ पुस २०७९, २२ : ५७
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था माइ पे अब फोन पेको नेटवर्कमा जोडिएको छ । ८ लाख भन्दा बढी सेवाग्राही भएको माइ पे र फोन पेबीच सहकार्य गर्ने सम्झौता भएसँगै माइ पे विधिवत् रुपमा आजदेखि फोन पेको नेटवर्कमा जोडिएको हो ।
यससँगै अब फोन पे का ११ लाख भन्दा बढी मर्चेन्ट आउटलेटमा माइ पेका सेवाग्राहीले क्युआर मार्फत भुक्तानी गर्न पाउनेछन्। सम्झौता हस्ताक्षर कार्यक्रममा फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले माइ पेलाइ फोन पेको नेटवर्कमा जोड्न पाउँदा खुसी लागेको बताए ।
कार्यक्रम माइ पेका प्रमुख कार्यकारी अधिकृत मनोज महेताले आफ्ना सेवाग्राहीलाई थप सुविधा दिन फोन पेको नेटवर्कमा जोडिएको र यसले सेवाग्राहीलाई थप सुविधा हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
-
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
-
नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण