शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय

बिहीबार, २८ पुस २०७९, १८ : २५
बिहीबार, २८ पुस २०७९

काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए । 

उनले भने, , ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’ प्रतिनिधिसभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन मिति तय गरिसकिएको छ ।

यस्तै स्ववियु निर्वाचन पनि आएकाले नेविसंघ र तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे पनि छलफल भएको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभामा  ८८ (एक सांसद निलम्बित)० जना सांसद रहेको कांग्रेसलाई सभामुखको चुनाव जित्न करिब ५० सांसदको साथ आवश्यक देखिन्छ । सभामुख कांग्रेसले पाउन वर्तमान सत्ता गठबन्धनका दलले सहयोग नगरी सम्भव छैन ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सत्ता गठबन्धनभित्र खेल्ने रणनीति बनाएको कांग्रेसले सत्ता गठबन्धनकै दलहरूसँग सभामुखका लागि छलफल गर्ने बुझिएको छ। कांग्रेसमा पूर्व उपसभापति विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की मध्ये एक जनालाई सभामुखको उम्मेदवार बनाउने तयारी भइरहेको कांग्रेस स्रोत बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप