सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।
उनले भने, , ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’ प्रतिनिधिसभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन मिति तय गरिसकिएको छ ।
यस्तै स्ववियु निर्वाचन पनि आएकाले नेविसंघ र तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे पनि छलफल भएको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभामा ८८ (एक सांसद निलम्बित)० जना सांसद रहेको कांग्रेसलाई सभामुखको चुनाव जित्न करिब ५० सांसदको साथ आवश्यक देखिन्छ । सभामुख कांग्रेसले पाउन वर्तमान सत्ता गठबन्धनका दलले सहयोग नगरी सम्भव छैन ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सत्ता गठबन्धनभित्र खेल्ने रणनीति बनाएको कांग्रेसले सत्ता गठबन्धनकै दलहरूसँग सभामुखका लागि छलफल गर्ने बुझिएको छ। कांग्रेसमा पूर्व उपसभापति विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की मध्ये एक जनालाई सभामुखको उम्मेदवार बनाउने तयारी भइरहेको कांग्रेस स्रोत बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण