बेलायतमा पनि मनाइयो पृथ्वी जयन्ती
लण्डन । बेलायतमा ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताकासाथ् सम्पन्न भएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजानामा लण्डन सड्बरीस्थित हिमालयन क्लवमा सम्पन्न एक विशेष कार्यक्रममा राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको योगदानको स्मरण गर्दै उनको तस्बिरमा माल्यार्पण गरेको छ ।
संगठनका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लण्डनस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायत अन्य थुप्रै अतिथिहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकै योगदानका कारण आज नेपाल देश भनेर गर्व गर्न पाएको बताइन् ।
_LGVRr3HsP2.jpg)
आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष एवं कार्यक्रम संयोजक भरत रोका क्षेत्रीले पृथ्वीनारायण शाहको योगदानलाई राजसंस्थासँग मात्रै जोडेर हेर्न उपयुक्त नहुने विचार व्यक्त गर्दै बेलायतको नेपाली समुदायलाई दिवस मनाउन कन्जुस्याईं नगर्न अनुरोध गरे ।
उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अब दूतावासमा मनाउन पाइयोस् भन्ने कामना पनि गरे । क्षेत्रीले बेलायतमा सन् २००७ देखि लगातार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण