पाठेघरसम्वन्धी समस्या लुकाएर बस्दै मुगुका महिला
सुर्खेत । उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरूमा पाठेघर खस्ने समस्या देखिने गरेको छ । सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना, भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्या आएको हो ।
स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷७९ मा छायानाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । सदरमुकाममा रहेको पालिका भित्र पाठेघर धेरै समस्या भएका महिलाहरूको उमेर कम रहेको पाइएको छ । सदरमुकाम स्वास्थ्य सेवा कार्यालय सम्मा पहुँच भएको पालिका हो । अन्य पालिका सदरमुकाममा रहेको स्वास्थ्य संस्थासँग पहुँच नभएका कारण त्यहाँ सङ्ख्य भारी भएको अनुमान लगाएको छ ।
स्वास्थ्य सेवा कार्यालय मुगुकी सिनियर अनमी रामदेवी केसी सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य कार्यालयबाट पाठेघर खस्नेबाट पीडित भएका महिलाको विवरण आउन बाँकी रहेको बताइन् । पाठेघर खसेका वा समस्यमा परेका महिलाहरूले सेवा लिनका लागि लाज मान्ने, नखुल्ने भएका कारण बसौँ देखि समस्या लुकाएर बसिरहेको उनले बताइन् । सोरु गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चरित्र धामीले दिएको जानकारी अनुसार पाठेघरसम्बन्धी स्क्रिनिङ जाँच गर्दा हालसम्म ३६ महिलामा पाठेघरसम्बन्धी समस्या भएको पाइएको छ । खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकामा पाठेघरसम्बन्धी पीडित महिलाको सङ्ख्य धेरै भए पनि पीडित खुल्न नसकेको बताइएको छ ।
डा मिना हमालले उमेर नपुग्दै बिहे तथा सुत्केरी हुँदा दुर्गम जिल्लामा अत्यधिक महिलाहरूमा समस्या देखिएको बताइन् । शिक्षा तथा पारिवारिक दबाबका कारण समस्या लुकाएर बस्न बाध्य भएको उनको भनाई छ । पाठेघरमा ‘रिङ प्रेसरी’को माध्यमबाट वैकल्पिक सामान्य उपचार दिँदै आएको समेत उनको भनाइ छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण