शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुलहीले पाँचजना पूर्व प्रेमीलाई विवाहमा बोलाइन्, गरिन् विशेष व्यवस्था

शनिबार, ३० पुस २०७९, १५ : १५
शनिबार, ३० पुस २०७९

एक दुलहीले आफ्नो विवाहमा पूर्व–प्रेमीहरुलाई निम्तो दिइन् । कार्यक्रम अवधिभरी उनीहरुको विशेष ख्याल राखियो । उनीहरुलाई खानाका लागि पनि विशेष टेबल राखिएको थियो । सोसल मिडियामा यसका तस्बिर सार्वजनिक भएका छन् । प्रयोगकर्ताले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् । घटना चीनको हुबेई प्रान्तको हो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो विवाह ८ जनवरीमा गरिएको थियो जसको तस्बिर चिनियाँ सोसल मिडिया प्लेटफर्म दोउविनमा छाएको छ । यी तस्बिरमा खानाको टेबलमा पाँच पुरुषलाई राखिएको थियो । यी पाँच पुरुष दुलहीका पूर्व प्रेमी भएको दाबी गरिएको छ । उनीहरुलाई विवाहमा विशेष प्राथमिकताका साथ बोलाइएको थियो ।

ती पाँचजनाको अगाडि नेम प्लेट पनि राखिएको थियो जसमा लेखिएको थियो ‘टेबल अफ एक्स–बोयफ्रेन्ड’ थियो । उनीहरु शान्तिपूर्वक सँगै बसेका थिए तर थोरै असहज लागिरहेका थिए । टेबलमा उनीसँग अन्य दुई महिला पनि बसिरहेका थिए ।

china wedding1तस्बिर हेरेपछि प्रयोगकर्ताले यसलाई ‘हालसम्मको सबैभन्दा अचम्मको विवाह भोज’ को संज्ञा दिए । एक प्रयोगकर्ताले लेखे, ‘आफ्नो विवाहको भोजमा पूर्व–प्रेमीलाई आमन्त्रण गर्नु हिम्मतको काम हो । यसले सम्बन्ध बिगार्न पनि सक्छ । ’

यस्तै, अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘दुलहीले आखिर के प्रमाणित गर्न चाहन्थिन् ।’

यस्तै अर्कोले लेखे, ‘साँच्चै, अचम्ममा छु । ’

china wedding2दुलहाको प्रतिक्रिया के थियो होला ?’ अर्को एकजनाले भने ।

यस्तै, केही प्रयोगकर्ता दुलहीको यस्तो व्यवहारले रिसाएका पनि थिए । केही प्रयोगकर्ताले टेबलमा बसेका पाँचैजना पुरुषको अनुहार एक–अर्कामा अलिअलि मिल्ने भएको कतै उनीहरु दाजु भाइ त होइनन् भनेर प्रश्नसमेत गरेका छन् ।

यद्यपि, चीनमा विवाहको भोजमा पूर्व–प्रेमिकालाई बोलाएको खबर यसअघि पनि सार्वजनिक भएका छन् । जून २०२२ मा एउटा भिडियो भाइरल भएको थियो जसमा एक्स बोयफ्रेन्ड्सको टेबलमा ९ जना पुरुष बसिरहेको देखिएका थिए । यस्तै खालको घटना ग्वाङडोंग प्रान्तमा पनि सार्वजनिक भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप