दुलहीले पाँचजना पूर्व प्रेमीलाई विवाहमा बोलाइन्, गरिन् विशेष व्यवस्था
एक दुलहीले आफ्नो विवाहमा पूर्व–प्रेमीहरुलाई निम्तो दिइन् । कार्यक्रम अवधिभरी उनीहरुको विशेष ख्याल राखियो । उनीहरुलाई खानाका लागि पनि विशेष टेबल राखिएको थियो । सोसल मिडियामा यसका तस्बिर सार्वजनिक भएका छन् । प्रयोगकर्ताले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् । घटना चीनको हुबेई प्रान्तको हो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार यो विवाह ८ जनवरीमा गरिएको थियो जसको तस्बिर चिनियाँ सोसल मिडिया प्लेटफर्म दोउविनमा छाएको छ । यी तस्बिरमा खानाको टेबलमा पाँच पुरुषलाई राखिएको थियो । यी पाँच पुरुष दुलहीका पूर्व प्रेमी भएको दाबी गरिएको छ । उनीहरुलाई विवाहमा विशेष प्राथमिकताका साथ बोलाइएको थियो ।
ती पाँचजनाको अगाडि नेम प्लेट पनि राखिएको थियो जसमा लेखिएको थियो ‘टेबल अफ एक्स–बोयफ्रेन्ड’ थियो । उनीहरु शान्तिपूर्वक सँगै बसेका थिए तर थोरै असहज लागिरहेका थिए । टेबलमा उनीसँग अन्य दुई महिला पनि बसिरहेका थिए ।
तस्बिर हेरेपछि प्रयोगकर्ताले यसलाई ‘हालसम्मको सबैभन्दा अचम्मको विवाह भोज’ को संज्ञा दिए । एक प्रयोगकर्ताले लेखे, ‘आफ्नो विवाहको भोजमा पूर्व–प्रेमीलाई आमन्त्रण गर्नु हिम्मतको काम हो । यसले सम्बन्ध बिगार्न पनि सक्छ । ’
यस्तै, अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘दुलहीले आखिर के प्रमाणित गर्न चाहन्थिन् ।’
यस्तै अर्कोले लेखे, ‘साँच्चै, अचम्ममा छु । ’
दुलहाको प्रतिक्रिया के थियो होला ?’ अर्को एकजनाले भने ।
यस्तै, केही प्रयोगकर्ता दुलहीको यस्तो व्यवहारले रिसाएका पनि थिए । केही प्रयोगकर्ताले टेबलमा बसेका पाँचैजना पुरुषको अनुहार एक–अर्कामा अलिअलि मिल्ने भएको कतै उनीहरु दाजु भाइ त होइनन् भनेर प्रश्नसमेत गरेका छन् ।
यद्यपि, चीनमा विवाहको भोजमा पूर्व–प्रेमिकालाई बोलाएको खबर यसअघि पनि सार्वजनिक भएका छन् । जून २०२२ मा एउटा भिडियो भाइरल भएको थियो जसमा एक्स बोयफ्रेन्ड्सको टेबलमा ९ जना पुरुष बसिरहेको देखिएका थिए । यस्तै खालको घटना ग्वाङडोंग प्रान्तमा पनि सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण