कांग्रेस बागमती संसदीय दलको मुख्य सचेतक काफ्ले नियुक्त
काठमाडौं । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा नियुक्त भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले काफ्लेलाई मुख्य सचेतकमा नियुक्त गरेको हो ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बैठकले काफ्लेलाई मुख्य सचेतकमा मनोनीत गरेको हो ।
काफ्ले प्रदेशसभामा दोलाखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । काफ्ले ८ हजार ४२ मतान्तरले विजयी भएका हुन । उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका थिए । दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन् ।
काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुँदै उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।
त्यस्तै संसदीय दलको बैठकले दलको उपनेतामा रामकृष्ण चित्रकारलाई नियुक्त गरेको छ । चित्रकार ललितपुर क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित सांसद हुन् । उनले एमालेका ज्ञानेन्द्र शाक्यलाई पराजित गरेका थिए । चित्रकारले ६ हजार ९९५ मत ल्याउँदा एमालेका शाक्यले ६ हजार ८३२ मत पाएका थिए ।
बैठकलेमा पोखरामा भएको यति एरलाइसन्सको विमान दुर्घटनामा मृत्यु भएको परिवारप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण