शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

मङ्गलबार, ०३ माघ २०७९, ०७ : ००
मङ्गलबार, ०३ माघ २०७९

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ । 

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ७२ जना सांसदको समर्थन छ । ६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । पछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गर्दै प्रदेश प्रमुख मिश्रलाई पत्र पठाएका थिए । 

मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २२ र एकीकृत समाजवादीका ७ सांसद मुख्यमन्त्रीको विपक्षमा देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप