कांग्रेसले भन्यो–राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न तयार छौं
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको बताएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको बताएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुखमा सहमति हुन्छ कि भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा कांग्रेसले छलफल गर्न तयार रहेको बताएको छ ।
यस्तै कांग्रेसले आफू प्रतिपक्ष नै रहेको बैठकमा बताएको छ । लेखकले भने, 'कांग्रेस प्रमुख प्रतिपक्षीको रूपमा रहेको छ भने आफ्ना कुरा राख्यौँ । राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुखमा सहमति हुन सक्छ कि भनेर प्रमले कुरा राख्नुभयो । हामीले प्रमले चाहनुहुन्छ बने तयार छौँ भन्यौ । आज कुनै सहमति भएको छैन ।'
यस्तै सभामुखमा उम्मेदवारीबारे कांग्रेसको आन्तरिक बैठक बस्ने उनले बताए । भोलि सभामुखको उम्मेदवारी दर्ताको समय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण