शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले भन्यो–राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न तयार छौं

मङ्गलबार, ०३ माघ २०७९, १८ : ४५
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको बताएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको बताएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुखमा सहमति हुन्छ कि भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा कांग्रेसले छलफल गर्न तयार रहेको बताएको छ । 

यस्तै कांग्रेसले आफू प्रतिपक्ष नै रहेको बैठकमा बताएको छ । लेखकले भने, 'कांग्रेस प्रमुख प्रतिपक्षीको रूपमा रहेको छ भने आफ्ना कुरा राख्यौँ । राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुखमा सहमति हुन सक्छ कि भनेर प्रमले कुरा राख्नुभयो । हामीले प्रमले चाहनुहुन्छ बने तयार छौँ भन्यौ । आज कुनै सहमति भएको छैन ।'

यस्तै सभामुखमा उम्मेदवारीबारे कांग्रेसको आन्तरिक बैठक बस्ने उनले बताए । भोलि सभामुखको उम्मेदवारी दर्ताको समय छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप