विमान परिचारिका सृजनाको जन्म गाउँ शोकमा
पाल्पा । गत आइतबार पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु भएकी विमान परिचारिका (एयर होस्टेज) सिर्जना हुङचुङ (सिर्जु थापा) लाई सम्झेर उनको जन्म गाउँ पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी सिरुङ्गा नै शोकमग्न छ । हुङचुङको निधनले परिवारजन पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान सिरुङ्गावासी गहिरो बेदनामा छन् ।
हाल उनको परिवार रुपन्देहीको सैनामैना बस्दै आएको भए पनि पाल्पाको सिरुङ्गामा उनका काका, काकी तथा सबै दाजुभाइसहित आफन्तहरू छन् । ‘बिहान १० बजेतिर सिर्जनाको माइला दाजु बुटवल बस्दै आउनुभएका तेजेन्द्र हुङचुङसँग कुराकानी भइरहेको थियो । हामी धेरैबेर दुई दाजुभाइबीच कुरा भएको थियो । फोन राखेको दुई घण्टापछि पोखरामा विमान दुर्घटनाको खबर पाइयो ।’ –सिर्जनाका भतिजा विजयराम हुङचुङले भने ।
उनले भने, ‘दुर्घटनाको खबर पाए पनि बहिनी दुर्घटनामा परेको खबर हामीलाई थाहा थिएन, एक्कासि दिउँसो दाजु तेजेन्द्रले बहिनी पनि दुर्घटनामा परिछन् भनेर फोन गरेपछि म अत्यन्त भावुक बने ।’ सृजनाको सम्झनामा अहिले परिवारसहित सिङ्गो सिरुङ्गा गाउँ नै शोकमा रहेको बगनासकाली गाउँपालिका–९ का वडा अध्यक्ष थानेश्वर तिमिल्सीनाले बताए ।
२०७२ देखि विमान परिचारिकाका रूपमा काम गरेकी २९ वर्षीय सिर्जना घरकी एक्ली छोरी थिइन् । उनका तीन दाजु भाइ रहेका छन् । शनिबार साँझ सृजनाले घरमा कुरा गरेर आइतबारको पोखरा उडानबारे परिवारलाई जानकारी गराएकी थिइन् । त्यही कुराकानी उनको अन्तिम भइदियो । फोनमा भएको कुराकानीमा सिर्जनाले ६१ वर्षीय आमा खिमसरासँग आफूलाई मनपर्ने बटुक रोटी पकाएर पठाइदिन भनेकी थिइन् । आइतबार माघे सक्रान्ति पनि थियो । आइतबार बिहानैदेखि आमा खिमसराले सृजनाका लागि बटुक पकाउँदै थिइन् । तर पोखरामा विमान दुर्घटना भएको थाहा पाएपछि उनको परिवारमा रुवाबासी चल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण