शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बराबरीमा रोकियो बायर्न

शनिबार, ०७ माघ २०७९, ०५ : ४५
शनिबार, ०७ माघ २०७९

बुन्डेस लिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिख आरबी लेइपजीगसँग बराबरीमा रोकिएको छ । ६८ दिन लामो मध्य सिजनको ब्रेकपछिको पहिलो खेलमा बायर्न १–१ को बराबरी खेल्न बाध्य भएको हो ।

खेलको ३७ औँ मिनेटमा एरिक म्याक्सिम चुपो मोटिङले ३७ औँ मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, तेस्रो स्थानमा रहेको लेइपजीगले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । मार्सेल हाल्सटेनबर्गले खेलको ५२ औँ मिनेटमा गोल गरेका थिए ।

इन्जुरी समयमा थोमस मुलरले बायर्नलाई जीत दिलाउने सुन्दर अवसर खेर फालेका थिए । यसअघि बार्यनका लागि सर्जी ग्नाब्रीको प्रहार पोस्टमा लागेको थियो भने लियोन गोर्टेज्काको गोल रद्द गरिएको थियो ।

१६ खेलपछि बार्यनको ३५ अङ्क रहेको छ भने तेस्रो स्थानमा रहेको लेइपजीगको २९ अङ्क रहेको । म्यानुअल नुयरले खुट्टा भाँच्दै बाँकी सिजन गुमाउने भएपछि भेटरान गोलकिपर यान सोमरले बायर्नका लागि खेलमा डेब्यू गरेका थिए । उनी हालै बोरुसिया मोचेनग्लाडब्याचबाट बायर्नमा अनुबन्ध भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप