बराबरीमा रोकियो बायर्न
बुन्डेस लिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिख आरबी लेइपजीगसँग बराबरीमा रोकिएको छ । ६८ दिन लामो मध्य सिजनको ब्रेकपछिको पहिलो खेलमा बायर्न १–१ को बराबरी खेल्न बाध्य भएको हो ।
खेलको ३७ औँ मिनेटमा एरिक म्याक्सिम चुपो मोटिङले ३७ औँ मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, तेस्रो स्थानमा रहेको लेइपजीगले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । मार्सेल हाल्सटेनबर्गले खेलको ५२ औँ मिनेटमा गोल गरेका थिए ।
इन्जुरी समयमा थोमस मुलरले बायर्नलाई जीत दिलाउने सुन्दर अवसर खेर फालेका थिए । यसअघि बार्यनका लागि सर्जी ग्नाब्रीको प्रहार पोस्टमा लागेको थियो भने लियोन गोर्टेज्काको गोल रद्द गरिएको थियो ।
१६ खेलपछि बार्यनको ३५ अङ्क रहेको छ भने तेस्रो स्थानमा रहेको लेइपजीगको २९ अङ्क रहेको । म्यानुअल नुयरले खुट्टा भाँच्दै बाँकी सिजन गुमाउने भएपछि भेटरान गोलकिपर यान सोमरले बायर्नका लागि खेलमा डेब्यू गरेका थिए । उनी हालै बोरुसिया मोचेनग्लाडब्याचबाट बायर्नमा अनुबन्ध भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण