मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनामा शक्तिशाली भूकम्प

शनिबार, ०७ माघ २०७९, ०९ : ४६
शनिबार, ०७ माघ २०७९

व्युनर्स आयर्स । अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ ।  अर्जेन्टिनाको कार्डोबाबाट ५१७ किलोमिटर उत्तरमा ६.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प अर्जेन्टिनाको सान्टियागो डेल एस्टेरो प्रान्तको मोन्टे क्वेमाडोबाट १०४ किलोमिटर टाढा थियो ।

पाराग्वे र अर्जेन्टिनामा भूकम्पको धक्का महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप