शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

स्वतन्त्रबाट गाउँपालिका अध्यक्ष जितेका शाही कांग्रेसमा प्रवेश

शनिबार, ०७ माघ २०७९, १५ : २१
शनिबार, ०७ माघ २०७९

सुर्खेत। २०७९ वैशाखमा भएको निर्वाचनमा गठबन्धनलाई पराजित गरेर हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा विजयी भएका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

उनलाई शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी प्रवेश गराएका हुन् । उनी स्वतन्त्रबाट चुनाव लड्नु पहिले कांग्रेसको  महासमिति सदस्य, जिल्ला पार्टी सह सचिव थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?