उपप्रधानमन्त्री लिङ्देनबाट ८३ औँ पटक रक्तदान
काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३ औँ पटक रक्तदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आज शङ्खमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उनले ८३औँ पटक रक्तदान गरेका हुन् ।
राप्रपाका अध्यक्षसमेत रहेका लिङ्देनले आफू किशोरावस्थादेखि रक्तदान गर्न थालेको बताउँदै नजिकमा रक्तदान कार्यक्रम देखेपछि समारोहस्थलमा प्रवेश गरेर रक्तदान गरेको स्मरण गरे । रगतको आवश्यक पर्ने बिरामीलाई जीवन भर्न रक्तदाताको कार्यले सहयोग पुग्ने उनको भनाइ थियो ।
युवा सङ्गठनका संयोजक राजेश भट्टराईले सामाजिक उतरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पार्टीका वरिष्ठ अध्यक्ष रवीन्द्र मिश्र सहभागी भएको कार्यक्रममा अध्यक्ष लिङ्देनले हालसम्म १७२औँ पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण