प्रदेश ७ का भौतिक पूर्वाधार मन्त्रीको बिजोग : न मन्त्रालयमा कर्मचारी, न बस्ने बासको ठेगान (भिडियोसहित)
धनगढी–प्रदेश नम्बर ७ का भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोरा ४ दिन पहिले शपथ ग्रहण गर्दा निकै खुसी थिए । त्यसको भोलि पल्ट पदभार ग्रहण गर्ने कार्यक्रम थियो । अन्य विभिन्न मन्त्रालयबाट मन्त्रीलाई आफ्नो कार्यालयमा पदभार ग्रहण गराउनका लागि कर्मचारी मन्त्रीलाई लिन गए र मन्त्रालयमा लगेर स्वागत गरे ।
तर भौतिक पूर्वाधार विकास मन्त्री बोहोरालाई कार्यालयमा पदभार ग्रहण गराउन र उनको स्वागतका लागि मन्त्रालयबाट एकजना पनि कर्मचारी थिएनन् । उनी आफै मन्त्रालय गए । उनको मन्त्रालयमा पिउनदेखि सचिवसम्म कोही थिएनन् ।
उनलाई भवन डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर रवीन्द्र बोहोराले स्वागत गरे । मन्त्रालयमा एक्लै पदभार ग्रहण गरेका उनले न आफ्ना मातहतका कर्मचारीलाई निर्देशन दिन पाए न आफ्नो योजना अगाडि बढाउने सुरुवात गर्न सके ।
उनै मन्त्री पठानसिंह बोहोरा सोमबार साँझ उद्योग वाणिज्य सङ्घको कैलालीको गेस्टहाउसमा भेटिए, त्यहाँ उनी आफ्नो ठूलो बुवाको छोरा भाइसँग एक साता अघिदेखि बस्दै आइरहेका छन् ।
उनको मन्त्रालयमा सोमबार बल्ल एकजना कर्मचारी काठमाडौँबाट आइपुगेका छन् । मन्त्रालयका आइपुगेका ती एक्ला कर्मचारी हुन्– वीरेन्द्रबहादुर चन्द ।
मन्त्री बोहोरा भन्छन्– “मन्त्रालयमा न सचिव छन्, न पिउन, एक जना कर्मचारीको भरमा मन्त्रालय कसरी चल्छ ? यसरी त काम गर्न नै गाह्रो भयो नि ।”
जनताको विकाससँग प्रत्यक्ष सम्बन्धित मन्त्रालयमा कर्मचारी नआउने कुरा साह्रै खेदजनक भएको उनले बताए । जुन मन्त्रालयबाट जनताको काम गर्ने जिम्मेवारी हुन्छ, त्यही मन्त्रालयमा कर्मचारी नहुुनु गैरजिम्मेवारीपन भएको उनी बताँउछन् ।
हेर्नुहोस् भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण