को हुन् एमालेबाट बागमती प्रदेशको मन्त्री भएका श्रेष्ठ ?
मकवानपुर । नेकपा एमालेबाट बागमती प्रदेशको मन्त्रीमा एकालाल श्रेष्ठ नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री सालिकराम जम्कट्टेलले बुधबार श्रम रोजगार तथा यातायात मन्त्रीमा नियुक्त गरेका हुन् ।
मन्त्रीमा नियुक्त भएलगतै उनले प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्री श्रेष्ठ २०४४ सालमा सिद्धार्थ माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत गरिरहँदा अनेरास्ववियुमा आबद्ध भएका थिए ।
त्यहीबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ २०४६ सालमा पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा संलग्न भए ।
नागरिक अधिकारको आन्दोलनमा सहभागी भएपछि उनले २०४६ सालमा एक महिना जेल जीवन बिताए । २०४८ सालदेखि नेकपा एमालेको सदस्य प्राप्त गरेका श्रेष्ठले २०४९ मा एमाले १ नम्बर वडा कमिटीको नेतृत्वको जिम्मेवारी पाएका थिए । वडा, नगर हुँदै अहिले उनी एमाले मकवानपुरको नेतृत्व गरिरहँदा प्रदेश सभासदस्य पदका लागि निर्वाचनमा क्षेत्र नम्बर(१ख) बाट निर्वाचित भएका थिए ।
२०६२/०६३ को जनआन्दोलनमा श्रेष्ठले नेतृत्वदायी भूमिका खेलेका थिए । राजनीतिसँगै विभिन्न सामाजिक संस्थामा आबद्ध हुँदा नेपाल बुद्धिचाल संघको महासचिव र अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । सहकारी अभियानमा समेत जोडिएर श्रेष्ठले नर्वे, जर्जिया, युएई, श्रीलंका, भारत बंगलादेश भ्रमण गरेका छन् ।
गत मंसिरमा भएको प्रदेशसभाको निर्वाचनमा श्रेष्ठ मकवानपुर क्षेत्र नम्बर–१ (ख) बाट सांसद निर्वाचित भएका हुन् । उनले १४ हजार २२५ मतसहित कांग्रेसका आनन्दराम पराजुलीलाई पराजित गरेका थिए । कांग्रेसका पराजुलीले १३ हजार ३५४ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण