भारतको ७४ औं गणतन्त्र दिवस मनाइयो
नयाँ दिल्ली । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी प्रमुख अतिथिका रुपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ । भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।
समारोहमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंह, संघीय मन्त्रीहरू, वरिष्ठ सरकारी अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र विशिष्ट व्यक्तिहरू र हजारौं अन्य व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो ।
सन् १९५० मा भारतको संविधान लागू भएको थियो । कार्यक्रमको शिलशिलामा भारतीय सेना र अन्य सुरक्षा बलका विभिन्न अंगका केही टुकडीहरूले राष्ट्रपति भवनलाई ऐतिहासिक ‘इन्डिया गेट’सँग जोड्ने सडक ‘कर्तव्य पथ’ मा प्रदर्शनी गरेका थिए । कार्यक्रममा सहभागीहरूले भारतका विभिन्न राज्यलाई प्रतिनिधित्व गर्दै कला र संस्कृति झल्कने रङ्गीचङ्गी झाँकीहरूको शृङ्खला प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण