कोहलीसँग डेटका लागि नेहाले किनिन् नयाँ कार
मुम्बई –बलिउड गायिका नेहा कक्कडले हालै एक नयाँ कार मसिडिज बेन्जा जिएलएस ३५० किनेकी छन् । उनले आफुले किनेको गाडीको तस्बिर सोशल मिडिया मार्फत समेत सार्वजनिक गरेकी छन् । जुन तस्बिरमा कारको साँचो लिदै गर्दा उनी निकै खुसी देखिएकी छन् ।
उनले उक्त कार ९५.७२ लाखमा किनेकी हुन् । यो मुल्यमा भारतको कुनैपनि शहर नजिक इलाकामा २ वटा मिडियम घर किन्न सकिन्छ ।
डेटिङका कारणले चर्चित नेहा
नेहा पछिल्लो दिन पर्सनल लाइफका कारणले चर्चित छिन् । उनी अहिले अभिनेता हिमांश कोहलीसँग डेटिङ गरिरहेकी छन् । कोहली नेहा भन्दा १ बर्षले कान्छो रहेका छन् ।
भेलेन्टाइम वीकमा यी दुबैले एकसाथ भएका केही तस्बिर इस्टाग्राम मार्फत सार्वजनिक गरेका थिए । दिल्लीका निवासी हिमांशले ‘यारिया’ चलचित्रबाट अभिनयमा डेब्यु गरेका थिए ।
यो चलचित्रमा नेहाले ‘सनी सनी’ बोलको गीत गाएकी थिइन् । यही चलचित्रको सेटमा यी दुबैको दोस्ती भएको थियो । पछि डेटिङ पनि सुरु गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण