रियलको उपाधि होडमा धक्का
सोमबार, १६ माघ २०७९, ०६ : ४१
मड्रिड । रियल सोसिडाडसँग घरेलु मैदानमा बराबरीमा रोकिएपछि साबिक विजेता रियल मड्रिडको उपाधि होडमा ठुलो धक्का लागेको छ । गोलरहित बराबरीमा रोकिएपछि रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ५ अंकले पछि परेको हो ।
बार्सिलोनाले शनिबारलाई जिरोनालाई हराउँदै शीर्ष स्थानमा पकड बलियो बनाएको थियो । आइतबार राति भएको खेलमा ब्राजिलियन विंगर भिनिसियस जुनियरले गोलका लागि तीनवटा सुन्दर अवसर पाएका थिए । तर, सोसिडाडका गोलकिपर एलेक्स रेमिरोले एकपछि अर्को बचाऊ गर्दै घरेलु टोलीलाई निराश बनाएका थिए ।
बराबरीपछि रियल ४२ अंकसहित दोस्रो स्थानमा रहेको छ भने सोसिडाड ३९ अंकसहित तेस्रो स्थानमा छ । आइतबार नै ओसासुनालाई हराएको एट्लेटिको मड्रिड अंक तालिकामा चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण