कन्सर्टका बेला गायक कैलाश खेरमाथि हमला, आरोपी पक्राउ
कर्नाटकमा एक सङ्गीत कार्यक्रमका बेला गायक कैलाश खेरमाथि हमला गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार कन्सर्टका बेला गायकमाथि बोतल फ्याँकिएको थियो । यतिबेला घटनामा उपस्थित प्रहरीले बोतल फ्याँक्ने व्यक्तिलाई तत्काल पक्राउ गरेका छन् ।
हाल गायक कैलाश खेरमाथि हमलापछि उनको स्वास्थ्य सम्बन्धि कुनै जानकारी छैन । उनी आइतबार कर्नाटकको हम्पीमा आयोजित कन्सर्टमा समावेश हुन गएका थिए ।
तीन दिनसम्म चलेको हम्पी उत्सवको सुरुवात जनवरी २७ मा भएको थियो । शुक्रबार कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले यो कार्यक्रमको उद्घाटन गरेका थिए ।
कैलाश खेरले सोमबार गरे यो ट्वीट
कैलाश खेरले सोमबार बिहान एक ट्वीट गरे जसमा उनी हम्पी उत्सवका बेला कन्नडमा प्रस्तुती दिइरहेको देखिए । यो भिडियोसँगै उनले लेखेका छन्, ‘जब पुनित राजकुमारजीलाई कैलासा सङ्गीतमय श्रद्धाञ्जलि दिइयो पूरा विजयनगर साथ झुमिरहेको थियो । भावाकुल भइरहे कैलासासँग । कैलाश लाभइ कन्सर्टको हम्पी उत्सव सन् २०२३ को समापन निकै भावनात्मक रह्यो ।’
जब पुनीत राजकुमार जी को कैलासा संगीतमय श्रद्धॉंजली दी.और एक गीत श्रृंखला उन्हीं पे फ़िल्माये हमारे कन्नड़ा गीतों की प्रस्तुत की.पूरा विजयनगर साथ गा रहा,झूम रहा,भावाकुल हो रहा @bandkailasa संग. #KailasaLiveInConcert का #HampiUtsav2023 का समापन बहुत भावनात्मक रहा. @kkaladham pic.twitter.com/FqqTpLdk3V
— Kailash Kher (@Kailashkher) January 30, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण