बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यो देशमा पुलिस र अपराधीहरूले कसरी समलिङ्गीहरूलाई निशाना बनाइरहेछन् ?

शुक्रबार, २० माघ २०७९, १३ : २४
शुक्रबार, २० माघ २०७९

इजिप्टमा समलैंगिकतालाई ठुलो सामाजिक कलङ्क मानिन्छ । लामो समयदेखि यहाँ

प्रहरीले इन्टरनेटमा एलजिबिटी समुदायसँग जोडिएका मानिसलाई निशाना बनाइरहेका छन् ।

बीबीसी न्युजले अधिकारीहरूले समुदायका सदस्यहरूलाई लक्षित गर्न डेटिङ र सामाजिक एपहरू प्रयोग गरेको प्रमाण देखेको छ।

यहाँको समाजको हरेक क्षेत्रमा होमोफोबियाले कुन हदसम्म जरा गाडेर बसिरहेको छ भनेर त्यहाँ हुर्किएका धेरैले बताउने गर्छन् ।

तर हालैका दिनमा माहौल थप क्रूर बनिरहेको बीबीसीले रिपोर्टमा जानकारी दिएको छ । साथै एलजिबिटी समुदायका मानिसबारे पत्ता लगाउन निकै चतुर उपाय अपनाइएको पनि उक्त रिपोर्टमा बताइएको छ ।

इजिप्टमा समलैङ्गिकताविरुद्ध  कुनै स्पष्ट कानुन छैन, तर हामीले हाम्रो अनुसन्धानमा फेला पार्‍यौँ कि यौन गतिविधिसँग सम्बन्धित कानुन एलजिबिटी समुदायलाई अपराधीकरण गर्न प्रयोग भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले जुन गिरफ्तारी गरिरहेको छ त्यसको रिपोर्टको ट्रान्सक्रिप्टबाट के थाहा हुन्छ भने प्रहरीले अनलाइन प्लेटफर्ममा छिरेर अनलाइन डेटको खोजीमा आएका एलजिबिटी समुदायका मानिसविरुद्ध प्रमाण जुटाइरहेको छ ।

यी कागजातहरूले के बताउँछन् भने कसरी प्रहरीले आफ्नो सिकारसँग टेक्स्ट मेसेजमार्फत संवाद कायम गर्छन् र उनीहरुविरुद्ध प्रमाण जुटाउँछन् ।

इजिप्ट मध्यपूर्वमा पश्चिमी देशहरूको महत्त्वपूर्ण रणनीतिक साझेदार हो । यसले अमेरिका र युरोपेली सङ्घबाट हरेक वर्ष अर्बौँ डलर सहायता प्राप्त गर्छ । प्रत्येक वर्ष करिब आधा मिलियन बेलायती नागरिकहरू इजिप्ट भ्रमण गर्छन् । यसबाहेक बेलायतले इजिप्टका प्रहरी बललाई संयुक्त राष्ट्रसंघमार्फत तालिम पनि दिँदै आएको छ ।

lgbt1प्रहरीले समलिङ्गीलाई कसरी फसाउँछन् ?

पुलिसले कसरी आफ्ना एक पीडितलाई पासोमा पार्छन् भन्ने उदाहरण हेर्नुहोस् ।

यो एक अन्डरकभर पुलिस अफिसर र सामाजिक सञ्जाल र डेटिङ एप हुजहियरको प्रयोगकर्ता बीचको कुराकानीको अंश हो ।

अधिकारीले उक्त व्यक्तिलाई आमनेसामने भेट्न दबाब दिन्छन् र भेट्न आएपछि पक्राउ गरिन्छ ।

प्रहरी : यसअघि पनि तिमीले पुरुषसँग सम्बन्ध बनाएका थियौ ?

एप प्रयोगकर्ता : छु

प्रहरी : हामी कसरी भेट्ने ?

एप प्रयोगकर्ता : तर म मेरो आमाबाबुसँग बस्छु ।

पुलिस : छोडिदेउ यार, लाज नमान । हामी कुनै सार्वजनिक स्थानमा भेट्छौँ र त्यसपछि हाम्रो फ्ल्याटमा जानेछौँ ।

त्यस्ता कुराकानीका धेरै उदाहरणहरू छन्, तर तिनीहरू यहाँ प्रकाशित गर्न धेरै अश्लील छन् ।

lgbt2एलजिबिटी समुदायले सामना गरेका कठिनाइहरू

इजिप्टमा एलजिबिटी समुदायका मानिसहरूलाई सार्वजनिक स्थानमा भेट्न धेरै गाह्रो हुन्छ । त्यसैले उनीहरू डेटिङ एप्सको सहारा लिन्छन् ।

तर कसैको यौनिकता जस्तोसुकै भए पनि, व्यभिचारलाई बढावा दिएको अभियोगमा वा सार्वजनिक नैतिकतासँग सम्बन्धित कानुन अन्तर्गत पक्राउ गर्न सकिन्छ ।

यस्तो खालको मामिलामा इजिप्टका जनतालाई मात्रै निशाना बनाइँदैन । एक ट्रान्सक्रिप्टमा, प्रहरीले विदेशीको पहिचानको विवरण दिएको छ । यहाँ हामीले उनको काल्पनिक नाम म्याट राखेका छौँ ।

पुलिसले उनलाई चर्चित गे डेटिङ एप ग्रिन्डरमा भेट्छन् । प्रहरीका यी प्रतिनिधित्व यो एपमा उनीसँग कुराकानी गर्छन् ।  

पुलिस ट्रान्सक्रिप्टमा भनिएको छ, ‘म्याटले आफ्नो यौन विकृतिलाई स्वीकार गर्दै निःशुल्क यौन क्रियाका लागि तयार हुने गर्छन् । उनले आफ्नो शरीरको तस्बिर पनि पठाउँछन् ।’

म्याटले बीबीसीसँगको कुराकानीमा उनलाई पछि प्रहरीले पक्राउ गरेको बताए । उनलाई व्यभिचारको आरोप लगाइयो र देश बाहिर पठाइयो ।

कतिपय ट्रान्सक्रिप्टहरूमा, ती मानिसलाई पनि दबाब दिइरहेको देखियो जो डेट मात्रै गर्न चाहिरहेका थिए वा पैसाका लागि यौन सम्बन्ध बनाउने उद्देश्यले नयाँ साथी बनाउनका लागि तयार छन् ।

इजिप्टका कानुनी विशेषज्ञहरूले बीबीसीसँगको कुराकानीमा प्रहरीले यौन गतिविधिका लागि पैसा लेनदेन भएको वा पैसाको प्रस्ताव राखिएको छ भनेर प्रमाणित गर्न सक्यो भने अधिकारीले यस्ता मानिसहरूलाई अदालतसम्म तान्न सक्छन् ।

ट्रान्सक्रिप्ट अनुसन्धान गर्दा एक समलिङ्गी पुरुष, लाइथ (काल्पनिक नाम) को संलग्नता पाइयो । अप्रिल २०१८ मा यी कन्टेम्पररी डान्सरलाई एउटा साथीको फोन नम्बरबाट सम्पर्क गरिएको थियो ।

lgbt3म्यासेजमा लेखिएको थियो, ‘हेलो हाउ आर यु ?’

‘साथी’ ले उनलाई पिउनको लागि भेट्न भनेका थिए ।

लाइथ ‘साथी’ भेट्न गएका बेला त्यहाँ कोही थिएन । त्यहाँ उपस्थित पुलिसले लाइथलाई पक्राउ गरी लागुऔषध दुर्व्यसनीलाई राखिएको सेलमा राखे ।

लाइथले आफ्नो एउटा पाखुरामा लागेको दाग देखाउँदै पुलिसकर्मीले त्यहाँ चुरोट रगडेको बताए ।

लाइथ भन्छन्, ‘जीवनमा पहिलो पटक मैले आत्महत्याको कोसिस गरेँ ।’

lgbt4एप र नक्कली प्रोफाइल

प्रहरीले हुजहियरमा आफ्नो नक्कली प्रोफाइल बनाएर डिजिटल उपकरणको सहायताले उनको तस्बिर अश्लील बनाएको उनले बताए । त्यसपछि पुलिसकर्मीले एपमा एक नक्कली कुराकानी तयार गरे जसमा लाइथले सेक्स प्रस्ताव गरिरहेको जस्तो देखिन्छ ।

लाइथ भन्छन्, ‘तस्बिर यो कुराको प्रमाण हो कि मलाई फसाइएको थियो किनभने तस्बिरमा देखाइएको खुट्टा मेरो खुट्टासँग मेल खाँदैनथे । किनभने मेरो एउटा खुट्टा अर्कोभन्दा ठुलो छ ।’

अन्य तीन जनाले आफूसँग सम्बन्धित मुद्दामा प्रहरीले केही कुरा स्वीकार गर्न बाध्य पारेको बताए ।

लाइथलाई ‘ह्याबिचुयल एडल्टरी’ का लागि तीन महिनाको जेल सजाय सुनाइएको थियो । पुनरावेदन पछि, यो अवधि एक महिनामा घटाइयो ।

लाइथ भन्छन् कि प्रहरीले उनलाई अन्य समलिङ्गी पुरुषहरूको बारेमा जानकारी प्रदान गर्न प्रयोग गर्ने प्रयास गरेको थियो ।

पुलिसले भने, ‘यदि तैँले मलाई अरूको नाम दिइनस् भने म तेरोबारे एउटा पूरा कहानी बुन्नेछु ।’

इजिप्टको सरकारले सार्वजनिक रूपमा भनेको छ – उनीहरूले ‘समलिङ्गी भेलाहरू’ मा कडाई गर्नका लागि अनलाइन निगरानीको प्रयोग गरे ।

सन् २०२० मा गृहमन्त्री (इन्टरनेट क्राइम्स एन्ड ह्युमन ट्राफिकिङ) का पूर्व सहायक अहमद ताहिरले अल मश्र पत्रिकासँग भनेका थिए, ‘हामीले भर्चुअल वर्ल्डमा मानिसहरूलाई नियुक्त गर्याँै किनभने ग्रुप सेक्स पार्टी र होमोसेक्सुअल ग्यादरिङमा सहभागी हुने मानिसबारे पत्ता लगाउनु छ ।’

lgbt5अपराधीहरूले कसरी समलिङ्गीहरूलाई लक्षित गर्दै छन्

बीबीसीले औपचारिक रूपमा हुजियरलाई सम्पर्क गरेपछि मात्र यसले आफ्नो सेटिङ परिवर्तन गरेको थियो । उनीहरुले ‘सिकिङ सेम सेक्स’ श्रेणी हटाए । यसबाट मानिसहरूलाई चिनिने डर थियो ।

हुजियरले बीबीसीको यो अनुसन्धानको खण्डन गर्दै आफ्नो एपमा कुनै कमजोरी नभएको बताएको छ ।

उनीहरुले यस्तो कुनै समस्या भएको भए यसको तत्काल समाधान गरिएको बताउँदै यस मामिलामा आफ्नो रेकर्ड निकै बलियो भएको र इजिप्टका एलजिबिटी समुदायका लागि कुनै सेवा नचलाएको पनि स्पष्टीकरण दिए ।

प्रहरी र अपराधीको तर्फबाट एलजिबिटी समुदायका मानिसहरूको पहिचानका लागि ग्रिन्डर एपको पनि प्रयोग गरिएको थियो ।

यो एप भन्छ, ‘हामी एलजिबिटी कार्यकर्ताहरू, अन्तर्राष्ट्रिय मानव अधिकार कार्यकर्ताहरूसँग व्यापक रूपमा काम गर्छौँ । हामी हाम्रा प्रयोगकर्ताहरूको सुरक्षाको लागि यस क्षेत्रमा सुरक्षा(प्रविधिमा काम गर्छौँ । ’

अपराधीहरूले पनि त्यही प्रविधि प्रयोग गर्छन् जुन पुलिसले एलजिबिटी समुदायका मानिसहरूलाई खोज्न प्रयोग गरिरहेका छन् । यी अपराधीहरूले यस समुदायका मानिसहरूमाथि हमला गरेर उनीहरूलाई अपमान गर्छन् । भिडियो अनलाइनमा राखिदिने धम्की दिँदै उनीहरूबाट पैसा लिने गरिन्छ ।

हामीले लैला र जमाल (काल्पनिक नाम) नामका दुई व्यक्तिलाई खोज्यौँ, जसको भिडियो दुई वर्षअघि इजिप्टमा भाइरल भएको थियो । भिडियोमा उनीहरूलाई लुगा फुकालेर नाच्न बाध्य पारिएको देखिन्छ ।

यस क्रममा उनीहरूलाई गाली गलौच गर्दै उनीहरूमाथि कुटपिट भइरहेको छ । चक्कु देखाउँदै उनीहरूलाई उनको नाम सोधिँदै थियो र ‘म समलिङ्गी हुँ’ भनेर स्वीकार गर्न गर्न लगाइएको थियो ।

तर यस्तो अपराध गर्ने केही मानिसलाई मात्रै पक्राउ गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप