शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोन पे एपमार्फत बिना इन्टरनेट भुक्तानी गर्न सकिने

शनिबार, २१ माघ २०७९, १२ : २२
शनिबार, २१ माघ २०७९

काठमाडौँ । फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट (अफलाइनमार्फत पनि) भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको एक कार्यक्रमका बीच फोन पे ले यो नयाँ फिचर सार्वजनिक गरेको हो । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथिको रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले फोन पेको आफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरिन् । 

क्वीआरको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पे को आफलाइन फिचर कोशेढुंगा साबित हुनेमा विश्वस्त रहेको उनले बताइन् । 

फोन पे को यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्नेछ । यसले देशको ठुलो जनसङ्ख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्छ र राष्ट्र बैंकका क्यासलेस अर्थतन्त्र बनाउने अभियानलाई पनि साकार पार्न मद्दत पुग्ने विश्वास गरिरहेको छ । 

फोन पे को आफलाइन भुक्तानीलाई अझै अगाडी बढाएर सबैसामु पुर्‍याउनका लागि हाम्रा ग्राहक बैंक तथा वित्तीय संस्थाहरूले पनि अमूल्य भूमिका निर्वाह गर्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।, फोन पे का सिईओ दिवस सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

फोन पेले सार्वजनिक गरेको ानविनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यावसायहरुका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ ।

फोन पे ले विगत ३ वर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पेमा अहिलेसम्म १ करोड ६० लाख प्रयोगकर्ताहरू जोडिएका छन् भने ११ लाखभन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप