प्रधानमन्त्रीको जन्मदिन, फस्ट लेडीको ठट्टा (फोटोफिचर)
शुक्रबार, ११ फागुन २०७४, ११ : ३५
काठमाडौँ । बालुवाटार स्थिति प्रधानमन्त्री कार्यालयमा शुक्रबार बिहानै मन्त्रीपरिषदको बैठक सकिए लगतै एक किसिमको उत्साहको माहोल थियो । किनभने आज प्रधानमन्त्री ओलीको जन्मदिन थियो ।
बालुवाटरमा उनलाई शुभकामना दिन बाक्लै भीड थियो । पार्टीका नेतादेखि र मन्त्रीहरु उपस्थित थिए ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य ओली भने अलि ढिलो गरी सो समाहोरहमा उपस्थित भएकि थिइन् ।
हतार–हतार कार्यक्रमस्थलमा आइपुगेकी उनले मन्द मुस्कानसहित सबैजनालाई अभिवादन गर्दै भनिन्, ‘आज केक मात्रै काटेर दिन बित्ला जस्तो छ । अरु काम छैन जस्तो छ ।’
उनले त्यसोभन्दा त्यहाँ उपस्थित सबैजनाको हाँसोको फोहरा छुटेको थियो ।
त्यसपछि, दोश्रो चरणको बर्थडे केक दुवै जना दम्पति मिलेर काटेका थिए ।
प्रधानमन्त्री ओलीलाई शुभकामना दिन चिनियाँ राजदूतदेखि भारतीय राजदूतसम्म पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढकमक्क फुलेका गुलमोहरमा लोभिए पर्यटक
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रतिनिधि सभा बैठक : यस्तो छ आजको कार्यसूची ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
म्यान्सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले उचाल्यो एफए कपको ट्रफी, ग्वार्डिवला स्तब्ध
-
तरुण दल अधिवेशन : खुकुरी प्रहारबाट को-को भए घाइते ?