रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न
_A3uHKpqHhF.jpg)
मकवानपुर। रिद्धि सिद्धि सिमेन्टको आयोजनामा बुधबार एक दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिका वडा नं ४ को समन्वय तथा सहयोगमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साईन्ससको प्राविधिक सहयोग रहेको थियो।
रिद्धि सिद्धि सिमेन्ट लिमिटेडका सिईओ गुण बहादुर खनालको प्रमुख आतिथ्यतामा संचालित उक्त शिविर कार्यक्रममा कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा नेउपाने, समाजसेवि सम्राट तुम्वाहाम्फे, राक्सिराङ्ग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत देव चन्द्र गर्तौला लगायतले आतिथ्यता ग्रहण गरेका थिए। कार्यक्रममा जनरल फिजिसियन , बाल रोग, महिला रोग , हाड जोर्नि तथा नशा रोग, छाला रोगको परिक्षण तथा औषधि वितरण समेत गरिएको थियो ।
रिद्धि सिद्धि सिमेन्ट लिमिटेडका खानी प्रमुख गणेश कुमार सिह , प्रशासन् प्रमुख अच्युत पराजुली, सप्लाई चेन प्रमुख गुरु प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो।
उक्त स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका थिए। राक्सिराङ्ग गाउपालिका वडा नं ४ का अध्यक्ष सन्जय कोईरालाको सभापतित्वमा सम्पन्न भएको सो शिविर कार्यक्रम उक्त वडाकै विकुटार, मकवानपुरमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेयर बजारलाई गभर्नर पौडेलकाे ‘सरप्राइज गिफ्ट’ : सेयर कर्जाको जोखिम भार १०० प्रतिशतमा झारियो
-
ठुला योजना शीघ्र सम्पन्न गर्न मन्त्री दाहालको निर्देशन
-
धवल शमशेरको बयान : कार्यक्रम आयोजक दुर्गा प्रसाईं हुन्, सञ्चालन र खर्च व्यवस्थापनमा मेरो भूमिका छैन
-
गणतन्त्र ल्याउन सैनिक हिरासतमा ६ महिना बिताएको हुँ : दुर्गा प्रसाईँ
-
भाटभटेनीमा ८० लाख बढीको क्षति, आरोपीबाट साढे दुई लाखको लिपिस्टिकलगायत सामान बरामद
-
एकता बाँकी नै हुँदा माओवादी प्रवेश गर्न थाले नेसपाका नेता कार्यकर्ता