लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार : ‘मन्त्रालय टुङ्गियो, मन्त्री टुङ्गिएनन्’
दाङ । गत पुस २७ गते लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद लिला गिरीले जिम्मेवारी समालेका थिए । मुख्यमन्त्रीको जिम्मेवारी समालेको १ महिना २ पछि मात्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउँदै छ । भोलि दिउसो १ बजे नयाँ मन्त्रीहरू शपथ खुवाउने समय तय गरेको छ । मन्त्री परिषद् विस्तारका लागि सत्ता गठबन्धन दलहरू बीच मन्त्रालय बाँडफाँट र शपथ खुवाउने समय तय भइसक्दासम्म दलहरूले कसलाई मन्त्री बनाउने भन्ने बारे निर्णय लिन सकेका छैनन् ।
नेकपा एमालेले मुख्यमन्त्री सहित ५ मन्त्रालय, नेकपा माओवादी केन्द्रले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले १–१ मन्त्रालय लिने सहमति भएको छ । नेकपा एमालेले मुख्यमन्त्री सहित ग्रामीण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालय लिएको छ । त्यस्तै सत्ता माओवादी केन्द्रले आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय पाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले उद्योग पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ भने र जनमत पार्टीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएको छ ।
सत्ता गठबन्धन दलका एक सांसदले भने–‘मन्त्रालय टुङ्गो लागे पनि दलहरूबीच अझै मन्त्री टुङ्गो लागेको छैन ।’ जसका कारण अहिले कुन दललाई कुन मन्त्रालय भन्ने प्रश्नको जवाफ सकिए पनि कुन मन्त्रालयको जिम्मेवारी कसले पाएको छ भन्ने बारे खुल्न आएको छैन ।
लुम्बिनी प्रदेशसभामा नेकपा नेकपा एमाले २९, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, जनमत पार्टीका ३ जना निर्वाचित सासंदहरु रहेका छन् । सत्ता गठबन्धन दलका निर्वाचित सांसदहरू मन्त्री बन्ने दौडधुप गरिहरेका छन् । दलहरूले आज साँझसम्म प्रदेश प्रमुख कार्यालयमा मन्त्रीको नाम पठाउने तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण