फिल्ममा डेब्यु गर्लिन् त नीति ?

काठमाडौँ । पछिल्लो समय मोडल नीति शाह फिल्म अभिनयका लागि कसरतमा छिन् । कुनै समय फिल्मको राम्रो अफर मिले पनि बेवास्ता गर्दै बसेकी उनलाई अहिले भने नायिका बन्ने भूत चढेको छ ।
सुरुको समय बेवास्ता गरेकोले होला उनलाई यति बेला फिल्म क्षेत्रले त्यति साथ दिइरहेको छैन । किनभने फिल्म अभिनय गर्ने भनेको उनले दुई तीन वर्ष भइसक्यो । तर एक पनि फिल्म खेल्न उनले सकेकी छैनन् ।
कोरोनाको समय उनले सन्तोष सेनको निर्माणमा बन्ने फिल्म ‘हुतुतु’ अभिनय गर्ने भन्दै साइन गरेकी थिइन् । तर, यो फिल्म बन्ने नबन्ने अब कुनै टुङ्गो छैन । यो फिल्म नबन्ने छनक देखेपछि नीति मुकुन्द भट्टको फिल्म ‘एक्स ९’मा जोडिइन् ।
फिल्ममा अभिनेता अनमोल केसी मुख्य भूमिकामा छानिएका थिए । अनमोलसँग फिल्म अभिनय गर्ने भएपछि उनी निकै एक्साइटेट थिइन् । अनमोलसँग फिल्म डेब्यु गर्दा करियर राम्रो बन्ने उनको सोच थियो । तर अहिले फिल्म ‘एक्स ९’ अनमोलले छोडेका छन् । अनमोलपछि फिल्ममा प्रदीप खड्का जोडिएका छन् । फिल्म कहिले बन्छ थाहा छैन ।
अहिले फेरि नीतिले प्रदीपको अभिनय रहने फिल्म ‘कामिनो’ साइन गर्न लागेको चर्चा छ । निर्माण पक्षले पनि नीतिसँग कुरा भइरहेको जनाएको छ । फिल्म अभिनय गर्ने कुरोमा उनी आसावादी छन् । दीपक वली निर्देशक रहेको फिल्ममा वर्षा सिवाकोटी अतिथि अभिनेत्रीको रूपमा भित्रिसकेकी छन् । मुख्य नायिकाको रूपमा उनी फाइनल भए यो उनको डेब्यु फिल्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित