मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

शाहरुख खानको फिल्म ‘पठान’ ले गर्‍यो ऐतिहासिक कमाई

बिहीबार, ०४ फागुन २०७९, १६ : ५९
बिहीबार, ०४ फागुन २०७९

शाहरुख खानको फिल्म ‘पठान’ ले गर्‍यो ऐतिहासिक कमाई गरेको छ । फिल्म ‘पठान’ ले लगातार नयाँ रेकर्ड स्थापित गरिरहेको छ । यशराज फिल्म्सका अनुसार ‘पठान’ ले अहिलेसम्म विश्वभर ९७० करोड भारतीय रुपैयाँ कमाइसकेको छ ।

फिल्मले भारतमा करिब ६०५ करोड भारु र भारत बाहिर ३६५ करोड भारु कमाएको छ । यशराज फिल्म्सका अनुसार पठान अहिले हिन्दी सिनेमाको इतिहासमा विश्वभर सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ ।

शाहरुख खानको फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज भएको थियो । शाहरुख चार वर्षपछि ‘पठान’ बाट पर्दामा फर्किएका छन् । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम पनि छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप