इमरान खानको जमानत याचिका खारेज, जुनसुकै बेला पक्राउ पर्न सक्ने

पाकिस्तानमा पूर्व प्रधानमन्त्री तथा तहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीको अवस्था देखिएको छ ।
समाचार एजेन्सी एपीपीका अनुसार लाहोर उच्च अदालतले गत बिहीबार इमरान खानको जमानत आवेदन खारेज गरेको छ ।
गत वर्ष इमरान खानविरुद्ध इस्लामाबादको सांगजानी पुलिस स्टेसनमा आतंकवादसँग सम्बन्धित धाराअन्तर्गत एफआईआर दर्ता गरिएको थियो ।
यस मामिलामा इमरान खान आतङ्कवाद विरोधी अदालतले आफ्नो अन्तरिम जमानतको निवेदन खारेज गरेपछि लाहोर उच्च अदालत पुगेका थिए ।
यस घटनाक्रमपछि पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाह खानले इमरान खान पक्राउ पर्नुपर्ने बताएका छन् । उनले भने, ‘मेरो विचारमा इमरान खानलाई पक्राउ गर्नुपर्छ किनभने उनले न्याय व्यवस्थाको मजाक उडाइरहेका छन् ।’
यससँगै उनले इमरान खानलाई तत्काल पक्राउ गर्न सरकारसँग कुरा गर्ने बताए ।
عمران تیرے جاں نثار بے شمار بے شمار
— PTI (@PTIofficial) February 17, 2023
ہم اپنے لیڈر پر آنچ بھی نہیں آنے دیں گے
لاہور سے حنازیشان کا پیغام #عمران_خان_ہماری_ریڈ_لائن pic.twitter.com/gLAQPWTTRV
इमरान खानको जमानत याचिका खारेज भएपछि लोहारस्थित उनको जमान पार्कस्थित घरबाहिर उनका समर्थकहरूको भीड जम्मा हुन थालेको छ ।
पाकिस्तान तहरीक–ए–इन्साफले आफ्नो ट्विटर ह्यान्डलबाट त्यस्ता धेरै भिडियोहरू साझा गरेको छ जसमा समर्थकहरूले इमरान खानप्रति आफ्नो वफादारी व्यक्त गरेको देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही