राष्ट्रपति रबर स्ट्याम्प बनाउनु हुँदैन : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब हुने राष्ट्रपति रबर स्ट्याम्प हुन नहुने अडान राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएर फर्किएपछि प्रतिक्रिया दिँदै अध्यक्ष केसीले सो कुरा बताएका हुन् ।
अध्यक्ष केसीले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रियता, सङ्घीयता र जनजीविकाका सवाल समेटिएको ज्ञापन पत्र बुझाएका छन् । केसीले विगतका राष्ट्रपति रबर स्ट्याम्प हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताए । ‘लोकतन्त्र खतरामा पर्यो । धर्मनिरपेक्षता सङ्कटमा पर्याे राजावादी सलबलाउन थाले । संघीयताले मुलुक डुब्न थाल्यो भनेर प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउन गएका थियाै’ केसीले भने, ‘अब राष्ट्रपति बनाउँदा रबर स्ट्याम्प जस्तो बनाउनुहुँदैन । मुलुक जनता सोच्ने खालको नेतालाई बनाउनुपर्छ भनेर आफ्ना कुरा राख्यौँ ।’
प्रधानमन्त्री प्रचण्डले समेत राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा अडिग रहेको बताएका थिए । ‘मैले पनि राष्ट्रपतिमा तपाईँले भने जस्तै गर्न खोजेको हो । सबै दलको सहमतिमा राष्ट्रपति चयन गर्न सकेमा राम्रो हुन्छ कि भन्ने लागेको छ । तपाईँको चिन्ता जायज छ यसको सम्बोधन गर्ने प्रयास गर्छु’ प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण