चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै, कृतिम अक्सिजनको मात्रा घटाइयो
शनिबार, ०६ फागुन २०७९, ०९ : ५७
काठमाडौँ । ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
हाल भारतमा उपचाररत उनलाई दिँदै आएको अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाएको कांग्रेस युवा नेता योगराज कँडेलले जानकारी दिए । भण्डारीको उपचारमा संलग्न चिकित्सक डा मुकेश मिस्रा आजबाट पाइप मार्फत खाना दिने बताएको पनि कँडेलले जानकारी दिए ।
भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ देखिएको बताइएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण