राजनीति
महासचिव गुरुङको प्रश्न : पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ?
आइतबार, ०७ फागुन २०७९, १४ : ०८
पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पूर्वाराजा ज्ञानेन्द्र शाहको विज्ञप्ति औचित्यपूर्ण नभएको बताएका छन् । प्रेस सेन्टर कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव गुरुङले सो कुरा बताएका हुन् ।
‘पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ? देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको छ । लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुन्छ,’ उनले भने, ‘तर उहाँहरूले संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन ।’ सबै राजनीतिक दलहरूले समर्थन गर्न सक्ने व्यक्ति नै राष्ट्रपति हुने गुरुङले बताए ।
‘वर्तमान परिस्थिति हेरेर अहिलेको खतरा हुनसक्ने आकलन माओवादीले गरेको छ । संविधान र राष्ट्रियतालाई जोखिममा पर्न सक्ने परिस्थितिलाई मध्यनजर गरेर सहमतिमै राष्ट्रपति चयन गर्छौैं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण