जसपा प्रचार विभाग प्रमुखविरुद्ध उपेन्द्र यादवसमक्ष उजुरी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को लेटरप्याड दुरुपयोग गरेको भन्दै पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतको राजीनामा माग गर्दै अध्यक्ष उपेन्द्र यादवसमक्ष उजुरी दिएका छन् ।
जसपा अन्तरर्गतका १० प्लस १ राष्ट्रिय समितिका अध्यक्षहरुले आइतबार प्रेस विज्ञप्ति जारी गरी उनको राजीनामा माग गरेका हुन् ।
राष्ट्रिय समितिका अध्यक्षहरुले संघीय परिषद्का अध्यक्ष, कार्यकारिणी समितिका अध्यक्षलाई भेटेको विषयमा जारी गरेको विज्ञप्ति फिर्ता लिएर पदबाट राजीनामा दिन माग गरेका छन् ।
माघ ५ गते विभिन्न तीनवटा प्रतिष्ठानमा सरकारले गरेको नियुक्तिको विरोधमा जसपाको तर्फबाट प्रचार विभाग प्रमुख बस्नेतले विज्ञप्ति जारी गरेका थिए ।
१० प्लस १ राष्ट्रिय समितिका अध्यक्षहरुले पार्टीका शीर्ष नेताहरुलाई भेटेर प्रचार विभागका प्रमुख बस्नेतले लेटरप्याड दुरुपयोग गरेको भनी ध्यानाकर्षण गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण