सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

लोसपाका नेताहरूलाई देउवाले के दिए जवाफ ?

बुधबार, १० फागुन २०७९, १२ : ००
बुधबार, १० फागुन २०७९

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुबीच छलफल भएको छ । राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव लिएर सभापति शेरबहादुर देउवा निवासको निवास धुम्बाराही पुगेका थिए ।

राष्ट्रपतिका विषयमा भएको छलफलमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र लोसपाबाट अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत सहभागी थिए । लोसपा नेता शरदसिंह भण्डारीले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने विषयमा कांग्रेसबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।

उनले भने, ‘ महन्थजी सहमतिका लागि उपयुक्त पात्र हो । हामी पार्टीभित्र पनि छलफल गर्छौँ । कांग्रेसले आधिकारिक रूपमा आफ्नो उम्मेदवार अघि सारेको छैन,’ देउवाको भनाइ उद्धृत गर्दै उनले भने । भण्डारीका अनुसार लोसपा पनि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले ठाकुर पनि सहमति भएको अवस्थामा राष्ट्रपतिका लागि उपयुक्त भएको देउवाको भनाइ थियो । ‘तपाई हामी एलायन्समा छौं । सहमतिको परिस्थिति बन्यो भने उहाँ पनि उपयुक्त हो भन्नुभएको छ,’ उनले भने ।

यस्तै लोसपा नेता राजेन्द्र महतोले कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी मनोनयनसम्म पार्टीभित्र र बाहिर छलफल गर्ने बताएको जानकारी दिए । कांग्रेसले बिहीबार कार्यसम्पादन समिति बैठक बोलाएको छ । लोसपाको प्रस्तावबारे पनि छलफल हुनेछ । लोसपाका नेताहरुले मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप