लोसपाका नेताहरूलाई देउवाले के दिए जवाफ ?
काठमाडौँ । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुबीच छलफल भएको छ । राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव लिएर सभापति शेरबहादुर देउवा निवासको निवास धुम्बाराही पुगेका थिए ।
राष्ट्रपतिका विषयमा भएको छलफलमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र लोसपाबाट अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत सहभागी थिए । लोसपा नेता शरदसिंह भण्डारीले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने विषयमा कांग्रेसबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।
उनले भने, ‘ महन्थजी सहमतिका लागि उपयुक्त पात्र हो । हामी पार्टीभित्र पनि छलफल गर्छौँ । कांग्रेसले आधिकारिक रूपमा आफ्नो उम्मेदवार अघि सारेको छैन,’ देउवाको भनाइ उद्धृत गर्दै उनले भने । भण्डारीका अनुसार लोसपा पनि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले ठाकुर पनि सहमति भएको अवस्थामा राष्ट्रपतिका लागि उपयुक्त भएको देउवाको भनाइ थियो । ‘तपाई हामी एलायन्समा छौं । सहमतिको परिस्थिति बन्यो भने उहाँ पनि उपयुक्त हो भन्नुभएको छ,’ उनले भने ।
यस्तै लोसपा नेता राजेन्द्र महतोले कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी मनोनयनसम्म पार्टीभित्र र बाहिर छलफल गर्ने बताएको जानकारी दिए । कांग्रेसले बिहीबार कार्यसम्पादन समिति बैठक बोलाएको छ । लोसपाको प्रस्तावबारे पनि छलफल हुनेछ । लोसपाका नेताहरुले मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण